मनाङमा तीन फिट बाक्लो हिमपात, तापक्रम माइनस १२ डिग्री

डिसी नेपाल
२१ माघ २०७८ १०:४९
72
Shares

लमजुङ। मनाङमा तीन फिट बाक्लो हिमपात भएको छ। बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ।

मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी , चामे , दानक्यु लगायतका ठाउँमा हिमपात भएको छ।

लगातारको हिमपातले चिसो अत्यधिक बढेको छ। चिसो बढेसँगै धारामा पानी जमेको छ। खोलासमेत जमेको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए।

हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरु तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हे.क्वा मनाङका प्रहरी निरीक्षक पूर्ण तामाङले बताए।

हिमपातले किसान भने खुसी भएका छन् । मनाङका स्थानीय अनिता लामाले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने बताइन्। चामे गाउँपालिका– २ थान्चोकका स्याउ कृषक कुलबहादुर घलेले हिमपात हुनु स्याउ खेतीका लागि राम्रो भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.