आइएमई जनरल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्दै, बुकक्लोज मिति तय
काठमाडौं : आइएमई जनरल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर जारी गर्न फागुन १ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार बुकक्लोज मितिको १ दिन अघिसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०ः४ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मुल्यमा ४२ करोड ३० लाख २५ हजार ८ सय रुपैयाँबराबरको सेयर जारी गर्न लागेको हो। इक्रा नेपालले यस हकप्रदलाई ‘इक्रा आईआर बीबीबी’ रेटिङ दिएको छ । जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment