१८ करोड २७ लाख राजस्व छली, चार विरुद्ध मुद्दा

डिसी नेपाल
२१ माघ २०७८ २०:४२
304
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागले रु १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यसरी मुद्दा चलाइएकामा काठमाडौंको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौं महानगरपाकिला–१० बस्ने स्टार इण्डिया प्रालि भारतका आधिकारीक बिक्रेता जुपिटर मिडियाका सञ्चालक अञ्जली अरोरा, ब्रिङ मिडियाका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्री रहेका छन् ।

उक्त कम्पनीले विभिन्न फर्म\कम्पनीबाट वस्तु तथा सेवा बेगरको कर बिजक मात्र लिई, सम्झौताअनुसारको आय लुकाई राजस्व छली गरेको विभागले आज एक सूचना जारी गरी जनाएको छ । उक्त कम्पनीको नाममा खोलिएका बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी नपाउने खर्चसमेत दाबी गरेको पाइएको छ ।

यस्तै मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको अनुसन्धानमा खुलेको जनाइएको छ । विभागले विगो असुल उपर गरी शतप्रतिशत जरिवाना तथा कैद सजायको माग गरेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.