जानकी फाइनान्सको १५.७८ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम मौका
काठमाडौँ। जानकी फाइनान्स कम्पनीको १५.७८ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश पारित गर्न तथा साधारण सभाको लागि माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले १५.७८ प्रतिशत लाभांश पारित गर्न फागुन ७ गते वार्षिक साधारणसभा बोलाएको छ। सभा होटल मानकी इन्टरनेशनल प्रा.लि., शिवचौक, जनकपुरधाममा बिहान १० बजेदेखि सुरु हुनेछ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले १५ प्रतिशतले हुन आउने ९ करोड ६१ हजार रुपैयाँ बराबरको रकम बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशतले हुन आउने ४७ लाख ४० हजार रुपैयाँ खर्च गर्ने भएको छ ।
यसका साथै, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ। सभामा संस्थापक तर्फ ३ र सर्वसाधारणतर्फ २ जना गरि ५ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।







डिसी नेपाल








Facebook Comment