यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

डिसी नेपाल
२३ माघ २०७८ १०:००
372
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ७३ पैसा र बिक्री दर १३७ रुपैयाँ ४२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ५८ पैसा र बिक्री दर १६२ रुपैयाँ ३९ पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३८ पैसा र बिक्री दर १३० रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ७३ पैसा र बिक्री दर ८५ रुपैयाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २४ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्री दर १० रुपैयाँ ४३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७४ पैसा र बिक्री दर ३२ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर नाै रुपैयाँ ९९ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.