नेपाल लाइफ इन्स्योरेन्सले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
२३ माघ २०७८ १०:३७
112
Shares

काठमाडौँ। नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको ३३२ औँ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा बाट १४ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै बोनसमा लाग्ने कर तिर्न ०.७३ प्रतिशतले नगद लाभांश पनि दिने भएको छ।

प्रस्तावित लाभांश नियामक निकाय बिमा समितिबाट स्वीकृत भइ आगामी साधारण सभाबाट पारित भए पश्चात सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ। हाल कम्पनीले चुक्ता पुँजीको ७ अर्व १९ करोड ९९ लाख ७० हजार ६६१ रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.