ज्योति लाईफ इन्स्योरेन्सको १०.५२६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

डिसी नेपाल
२३ माघ २०७८ १२:१०
88
Shares

काठमाडौँ। ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको १०.५२६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले लाभांश र साधारण सभा प्रयोजनको लागि माघ २४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार आज (माघ २३ गते)सम्म कायम सेयरधनीले लाभांश पाउने र साधारण सभामा भाग लिन पाउने छन्।

कम्पनीले लाभांश पारित गर्न फाल्गुन ६ गते साधारण सभा बोलाएको छ। सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाइड पोखरमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ। साथै,सभाले ४ जना संस्थापक समूहका र २ जना सर्वसाधारण समूहका गरी ६ जना सञ्चालकहरुको समेत चयन गर्ने छ ।

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.