रेम र हेमन्त कान्छाको ‘फूल रोको कस्ले देख्छ र ?’ बोलको गीत सार्वजनिक

डिसी नेपाल
२३ माघ २०७८ १२:१४
40
Shares

काठमाडौं। गायक हेमन्त ‘कान्छा’ रसाइलीको स्वरमा  ‘फूल रोको कस्ले देख्छ र ? ’ बोलको गीत सार्वजनिक गरिएको छ । सर्जक रेम गुरुङको शब्द र संगीत रहेको गीतमा फूलको मर्मलाई कलात्मक शैलीमा देखाइएको छ ।

फूल सँधै ठकमक्क फक्रिएपनि फूलको मर्म र वेदनालाई कसले नदेख्ने कुरालाई भिडियोले गरेको छ । त्रिवेणी स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ राजकुमार बगरले गरेका हुन् ।

गीतको म्यूजिक भिडियोको छायाङ्कन चक्र बराल, सम्पादन टेकेन्द्र शाह र निर्देशन ईश्वर बल्लव उप्रेतीले गरेका हुन् । गीतको भिडियोमा गायक रसाईली स्वयंले ‘लिप्सिङ’ अभिनय गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.