सेयर बजार राताम्मे, ४०.५७ अङ्कले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२३ माघ २०७८ १५:१६
92
Shares

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से परिसूचक ४०.५७ अङ्कले घटेर २ हजार ८३६.१७ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८३ करोड ६४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर रहेको छ । यस कम्पनीको ५४ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय ९९ रुपैयाँ कायम भएको छ ।  त्यसपछि क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र अपि पावर कम्पनीको कारोबार भएको छ ।

आइतबारको कारोबारमा १३ वटै उपसुचक घटेका छन् । आज नेप्सेमा नेपाल हाइड्रो डेभलपर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने विन नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.