नेप्सेमा ३ वटा कम्पनीको सेयर मूल्य समायोजन, समायोजनपछि भाउ कति ?

डिसी नेपाल
२४ माघ २०७८ ९:१२
72
Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । सेयर मूल्य समायोजन हुनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ज्योति लाइफ इन्स्योरेन्स र जानकी फाइनान्स रहेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको २० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको छ। समायोजनपछि कम्पनीको सेयर भाउ १ हजार ९ सय ४३ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार २ हजार ३ सय ३२ रुपैयाँले भएको थियो।

ज्योति लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनसपछि नेप्सेले ६ सय ५० रुपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन भएको छ।  यस अघि नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ७ सय १५ रुपैयाँले भएको थियो।

जानकी फाइनान्सको १५ प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन भएको छ। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ५ सय ८८ रुपैयाँ ७८ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.