महालक्ष्मी लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सभा माघ २७ गते हुने
काठमाडौँ। महालक्ष्मी लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सभा माघ २७ गते हुने भएको छ । उक्त साधारण सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरी, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभा भर्चुअल मध्यमबाट हुने कम्पनीले जनाएको छ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको जनाएको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।







डिसी नेपाल








Facebook Comment