राष्ट्र उत्थान लघुवित्तको ८ लाख ५० हजार कित्ता आइपिओ आउँदै

डिसी नेपाल
२५ माघ २०७८ १०:०७
184
Shares

काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको ८ लाख ५० हजार कित्ता आइपिओ फागुन ४ गतेदेखि बिक्री खुला हुने भएको छ । संस्थाले प्रति कित्ता १ सय रुपैयाँमा ८ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो।

संस्थाले जारी गर्ने आइपिओमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । भने, बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सेयरमा सर्बसाधारणले आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्ने भएको छ। लगानीकर्ताले यस आइपिओमा फागुन ८ गतेभित्र आवेदन दिई सक्नुपर्ने छ। कम्पनीले तोकेको समयमा आइपिओमा आवश्यक मात्रामा आवेदन नपरेमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.