मंगलबार ५ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुन प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। सोमबार चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँले कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ८ सय २० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८० रुपैयाँ कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment