हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२५ माघ २०७८ ११:११
140
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ १७ पैसा र बिक्री दर १३६ रुपैयाँ ८५ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ९७ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ५९ पैसा र बिक्री दर ८५ रुपैयाँ एक पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ आठ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६४ पैसा र बिक्री दर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.