सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, १५ दिन भित्र आवेदन दिनुपर्ने
काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले १० हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । बैंकले संस्थापक सेयरधनी श्री कुमार मल्लको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो।
बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेको थियो। तर उक्त आह्वानमा संस्थापकहरुबाट कुनै पनि आवेदन नपरेको हुनाले अन्य इच्छुक व्यक्ति वा संस्थालाई सेयर खरिद गर्न आह्वान गरेको छ ।
यो सेयरमा इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएकाे मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्नेछ। लगानीकर्ताले के कति कित्ता सेयर खरिद गरी लिने हाे साेकाे व्यहाेरा खुलाई बैंककाे केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिनु पर्नेछ।








डिसी नेपाल








Facebook Comment