१६.३० अंकले घट्यो नेप्से, परिसूचक २८३५.५८ विन्दुमा
काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १६.३० अङ्कले घटेर २ हजार ८३५.५८ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर रहेको छ । यस कम्पनीको ५४ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय ९९ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : अपि पावर कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ९ वटा उपसूचक बढेको छ भने ४ वटा उपसूचक घटेका छन् । आज नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनी र बुद्धभुमि हाइड्रोपावरका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने लिबर्टी इनर्जी कम्पनी र नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले अधिक गुमाएका छन् ।







डिसी नेपाल








Facebook Comment