हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि दरखास्त खुल्याे

डिसी नेपाल
२६ माघ २०७८ ९:५२
80
Shares

काठमाडौं। सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरेकाे छ।

डेढ महिनादेखि महाप्रबन्धक रिक्त रहेपछि उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी योग्यता पुगेका इच्छुक उमेद्‍वाररसँग दरखास्त माग गरेको हाे।

३५ वर्ष उमेर पुगेर ६५ वपर्ष ननाघेका तथा स्नातकोत्तर उत्तीर्णले २१ दिनभित्र महाप्रबन्धकमा आवेदन दिन पाउने छन्।

उमेद्‍वारसँग कम्पनीमा कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा पाँच वर्ष काम गरेको अनुभव हुनु पर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.