बुधबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य देशको मुद्राको विनिमय दर
काठमाडौं। बुधबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना अनुसार आज (बुधबार) अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ ३० पैसा र बिक्री दर ११९ रुपैयाँ ९० पैसा कायम गरेको छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा रहेको थियो ।
युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ २३ पैसा र बिक्री दर १३६ रुपैयाँ ९१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ६६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ २३ पैसा र बिक्री दर १२९ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०४ पैसा र बिक्री दर ८५ रुपैयाँ ४६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ४५ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३५ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८० पैसा र बिक्री दर ३१ रुपैयाँ ९६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७७ पैसा र बिक्री दर ३२ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment