बुधबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२६ माघ २०७८ ११:३२
32
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको हो। सोमबार चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँले कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ७५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.