तीन महिनामा आयो करिब ५५ अर्ब रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता

डिसी नेपाल
२६ माघ २०७८ १६:३३
56
Shares

काठमाडौं । नेपालले पछिल्लो तीन महिनामा करिब ५५ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार नेपालले २०७९ कात्तिक देखि पुससम्मको अवधिमा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता पाएको हो ।

प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहायतामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ अनुदान र ५३ अर्ब ८७ करोड ३ लाख ६ हजार रुपैयाँ ऋण सहायता रहेको छ ।

नेपालले पछिल्लो तीन महिनामा अनुदान र ऋण गरी कूल ५४ अर्ब ९१ करोड ९ लाख ६ हजार रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ ।

पछिल्लो तीन महिनामा एसीयाली विकास बैंक ९एडीबी०ले ७ अर्ब १७ करोड रुपैयाँ, कोरियाले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आएमएफ०ले ४६ अर्ब ७९ करोड ३ हजार रुपैयाँ नेपाललाई उपलब्ध गर्ने सम्झौता नेपाल सरकारसँग गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.