२ हजार ४०१ जना कोरोना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

डिसी नेपाल
२६ माघ २०७८ १६:५७
144
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनामा परीक्षण गर्दा २ हजार ४०१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ११ हजार ६०३ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार ८५१ जनामा र ४ हजार ७५३ जनामा एन्टीजेन परीक्षण गर्दा ५५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५ प्रतिशत रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८५२ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ३० हजार २४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.