कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशत हकप्रद सेयर भर्ने म्याद थप, अव कहिलेसम्म पाइन्छ भर्न ?

डिसी नेपाल
२७ माघ २०७८ ९:०२
40
Shares

काठमाडौं। कर्पोरेट डेभलपमेन्ट बैंकको  १५० प्रतिशत हकप्रद सेयर भर्ने म्याद थप गरेको छ । अव लगानीकर्ताले फाल्गुन १३ गतेसम्म उक्त हकप्रद सेयर भर्न पाउने छन्।

बैंकले माघ ७ गतेदेखि हकप्रद निष्काशन गरेको थियो। बैंकले हाल कायम चुक्ता पुँजीको १५० प्रतिशत अर्थात १ः१.५ को अनुपातमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि  पुस २६ गते बुक क्लोज गर्ने निर्णय गरेकाले  पुस २५ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन्।

बैंकको यस हकप्रदमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले गर्ने भएको छ । कम्पनीको उक्त हकप्रद सेयरमा लगानीकर्ताले सिभिल क्यापिटल मार्केट तथा सिभिल बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै,नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.