बिहिबार पनि बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौं। बिहिबार पनि अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना अनुसार आज (बिहिबार) अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ ४० पैसा र बिक्री दर १२० रुपैयाँ कायम गरेको छ । बुधबार अमेरिकी डलर एकको खरिद दर ११९ रुपैयाँ ३० पैसा र बिक्री दर ११९ रुपैयाँ ९० पैसा रहेको थियो ।
युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ६१ पैसा र बिक्री दर १३७ रुपैयाँ २९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ २० पैसा र बिक्री दर १६३ रुपैयाँ ०२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ३७ पैसा र बिक्री दर १३० रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६९ पैसा र बिक्री दर ८६ रुपैयाँ १२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६० पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३४ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७७ पैसा र बिक्री दर १८ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८३ पैसा र बिक्री दर ३१ रुपैयाँ ९९ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७९ पैसा र बिक्री दर ३२ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०५ पैसा कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment