११.९६ अंकले घट्यो नेप्से, ३ अर्ब ८२ करोडमाथिको कारोबार
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक ११.९६ अङ्कले घटेर २ हजार ८०१.५९ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा नेपाल दुरसंचार कम्पनीर रहेको छ । यस कम्पनीको २५ करोड ४८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ६ सय २४ रुपैयाँ ८० पैसा कायम भएको छ । त्यसपछि क्रमश : नेसनल हाइड्रोपावर र आईएमइ जनरल इन्स्योरेन्सको कारोबार भएको छ ।
बिहिबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ३ वटा उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ । आज नेप्सेमा नबिल इक्युती फण्ड र सिन्धु विकास बैंकका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने मिथिला लघुवित्त र ग्लोबल आइएमइ समुनत स्किमका लगानीकर्ताले अधिक गुमाएका छन् ।







डिसी नेपाल








Facebook Comment