कांग्रेस कार्यसम्पादन समिति बैठकः गठबन्धनको मतलव नगरी एमसीसी पास गर्ने लाइनमा

डिसी नेपाल
२७ माघ २०७८ १७:२४
116
Shares

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदद्बारा पारित गर्नुपर्ने विषयमा नेताहरू एकमत देखिएका छन् ।

यससँगै गठबन्धनको मतलव नराखी एमसीसी पारित गर्नुपर्ने विषयमा कांग्रेस अघि बढ्ने भएको छ । बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका डा. रामशरण महतले एमसीसी परियोजना बारे विस्तृतमा चर्चा गरेका थिए ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसी बारे लिखित सामग्री डा. महतसँग मागेको बैठकमा सहभागी नेता डा. शशांक कोइरालाले बताए । ‘एमसीसी विद्युत र सडकका लागि हो र यो कुरा हामीले जनमानसमा भन्नुपर्छ भन्दै डा। रामशरण महतले लामो विवरण राख्नु भयो । उहाँले भन्नुभयो कि, यो हामीले लिनुपर्छ । त्यसपछि सभापतिजीले मलाई संक्षेपमा यसबारे लेखेर दिनु, साथीहरूसँग कुरा गर्छु भन्नुभयो’, कोइरालाले भने ।

बैठकमा डा। कोइरालाले गठबन्धनसहित कांग्रेस निर्वाचनमा जान नहुने धारणा पनि राखेका छन् । भ्रातृ र शुभेच्छुक संगठनको महाधिवेशन भने केहीको स्थानीय तह निर्वाचनअघि र केहीको पछि गर्ने कुरा भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.