स्थानीय तहको निर्वाचन हुनेमा ओलीले गरे आशंका

डिसी नेपाल
२८ माघ २०७८ १३:४७
92
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले स्थानीय तहको निर्वाचन गराउनेमा शंका व्यक्त गरेका छन्।

शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले निर्वाचन तोकिएकै मितिमा गराउन सबैलाई सतर्क रहन आग्रह समेत गरे।

‘एउटा उखान छ– ढाँटको निम्तो खाइ पत्याइनु। जबसम्म खाइँदैन तबसम्म ढाँटले निम्तो गर्‍याे भने भोकै बस्न पर्छ,’ ओलीले भने, ‘अझै पनि हामी सजकताका साथ निर्वाचन निश्चित रुपमा गराउने र अहिले तोकिएअनुसार निर्वाचन गराउने कुरामा सजकताका साथ लाग्नुपर्छ। निर्वाचन नगराउने षडयन्त्र हुनसक्छ।’ एमालेको दबाबकै कारण सरकारले २०७९ वैशाख ३० गते एकेचरणमा गर्नेगरी स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको दाबी उनले गरे।

स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि पनि सरकारमा सहभागी कोही अदालत जाने कोही निर्वाचन हुनै सक्दैन भन्दै हिडेकोले आशंका बढाएको उनले बताए। ‘स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेपछि गठबन्धनबाट यी कुरा आएका छन् । गठबन्धन देशलाई असंवैधानिक बाटोमा लैजाने प्रयासमा अहिले पनि लागिरहेको छ । हामी सजग रहनुपर्छ,’ ओलीले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.