सम्पन्न नहुँदै ढल्यो अस्पतालको पर्खाल

डिसी नेपाल
२८ माघ २०७८ १६:००
24
Shares

खोटाङ। जिल्ला अस्पताल खोटाङको स्तरोन्नतिका क्रममा निर्माण सुरु गरिएको मेसिनरी पर्खाल बनिनसक्दै भत्किएको छ ।१५ शैयाको जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नति गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शैयाको भवन निर्माणका क्रममा निर्माण सुरु गरिएको टेवा पर्खाल बनिनसक्दै भत्किएको हो ।

निर्माण कम्पनी श्यामसुन्दर र रामसागर नेपाल र फूलवारी जेभीको लापरबाहीका कारण जिल्ला अस्पतालको मेसिनरी पर्खाल बनिनसक्दै भत्किएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर रामहृदय पटेलले बताए ।

१ वैशाख २०४९ मा स्थापना गरिएको अस्पतालको स्तरोन्नतिका क्रममा ४० मिटर लम्बाइ र २०।५ मिटर चौडाइ भएको भवन निर्माण गर्ने सम्झौता छ । सोही सम्झौताअनुसार जिल्ला अस्पतालको बिरामी भर्ना गर्ने वार्ड, डेलीभरी वार्ड, शल्यक्रिया कक्ष, इमरजेन्सी वार्डलगायत रहेको पुरानो भवनलाई भत्काएर नयाँ भवन निर्माणको तयारी थालिएको हो । तर सोही भवन बन्ने जग्गाको भित्तामा निर्माण सुरु गरिएको पर्खाल सामान्य वर्षाकै कारण २१ माघमा भत्किएको हो ।

कुल लम्बाइ २७ मिटर र उचाइ ७ मिटर हुने पर्खालको जगभन्दा माथिबाट करिब ६र७ मिटर खण्ड भत्किएको छ । मसला कम हालेका कारण नयाँ पर्खालको बीचभागमै भत्किएको स्थानीयले बताएका छन् ।५० शैयाको नयाँ भवन निर्माणको काम सम्पन्न नभएसम्मका लागि उपचार सेवालाई निरन्तरता दिन सो मेसिनरी वालभन्दा माथि प्रिफ्यावको डिक्यान्टिङ भवन बनाएर बिरामी राख्ने वार्ड बनाइएको छ ।

तर, सोही डिक्यान्टिङको पेटीमुनिको टेवा पर्खाल भत्किएपछि बिरामी वार्डसमेत जोखिममा परेको छ । बिरामी वार्ड राखिएको डिक्यान्टिङको प्यासेज ९पेटी० र रेलिङ पर्खालसँगै ढलेको छ । निर्माण व्यवसायीले भत्किएको पर्खाललाई त्रिपालले ढाकेर पुनस्निर्माण सुरु गरेको जिल्ला अस्पतालका प्रमुख डा। वैभव मल्लिकले बताए ।

करिब २१ करोडको लागतमा ३० महिनाभित्र ५० शैयाको भवन निर्माण सक्ने गरी गत असारमा ठेक्का सम्झौता गरिएको हो । संघीय सरकारले संघीय सरकारको सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगामार्फत बजेट पठाएपछि गत ३ भदौदेखि अस्थायी वार्ड बनाउन घडेरी सम्याउन सुरु गरिएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.