नेपाली सेनाद्वारा सैनिक संग्रहालय हस्तान्तरण

डिसी नेपाल
२८ माघ २०७८ १७:२२
20
Shares

काठमाडौं । नेपाली सेनाले पाल्पा दरवार सैनिक संग्रहालय विधिवतरुपमा हस्तान्तरण गरेको छ ।

बिहीबार पाल्पा दरवार संग्रहालयका प्रमुखलाई विधिवतरुपमा हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी बताएको हो ।

पाल्पाको तानसेन नगरपालिका–४ मा बिभिन्न ऐतिहासिक युद्ध सामाग्री, हातहतियार, पोशाक, आभुषण तथा बिभुषण र महत्वपूर्ण दस्ताबेजहरु समाबिष्ट गरी सेनाले उक्त संग्रहालय निर्माण गरेको थियो ।

हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, तानसेन नगरपालिका नगर प्रमुख, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, ईतिहासबिद्, समाजसेवी, प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।

उक्त सैनिक संग्रहालयको गत मंसिर १४ गते प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका थिए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.