सत्यमोहन जोशीको स्वास्थ्यवस्था सुधारोन्मुख

डिसी नेपाल
२८ माघ २०७८ २०:०९
40
Shares

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि माघ २५ गते किस्ट मेडिकल कलेजमा भर्ना भएका जोशीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

विगत २४ घण्टादेखि अक्सिजनको आवश्यकता पनि घटेको र पिसाबमा देखिएको संक्रमणको उपचार भइरहेको अस्पतालले जनाएको छ । जोशीलाई निमोनिया संक्रमण र मुटुमा समस्या भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.