ह्वात्तै बढ्यो सुनको मूल्य

डिसी नेपाल
१ फागुन २०७८ १०:४४
80
Shares

काठमाडौं। फाल्गुन महिना लागेको पहिलो दिनमा नै नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ५ सयले बढेर प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी प्रति तोला १ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य २० रुपैयाँले बढेको हो। शक्रबार चाँदीको प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ८ सय ७५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १४ रुपैयाँ ५ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.