महाभियोगको प्रतिवाद गर्ने एमालेको निर्णय
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोगको प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
आइतबार बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले सर्वोच्चमा विचाराधीन कतिपय मुद्दा प्रभावित गर्ने गरि प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगको प्रस्ताव आएको निष्कर्ष निकालेको छ। उसले सर्वोच्चलाई सत्ताको निर्देशन बमोजम चल्ने निरीह बनाउन खोज्ने काम गठबन्धनले गरेको आरोप लगाएको छ ।
बैठकले राणाविरुद्ध आकस्मिक षड्यन्त्रपूर्वक तरिकाले महाभियोग प्रस्ताव आएको एमाले महासचिव शंकर पोखरलले बताए ।
‘सचिवालय बैठकले अत्यन्त गम्भीर षडयन्त्रपूर्क कदमको रुपमा महाभियोग दर्तालाई लिएको छ, यो अदालताथिमात्र नभइ लोकतन्त्रमाथीको प्रहार, सार्वभौम सत्तामाथिको प्रहार भएको निष्कर्ष छ ।’
उनले यो प्रस्ताव एमाले जनताको दबाबमा घोषणा भएको स्थानीय चुनाव धकेल्ने प्रयास स्वरुप आएको हुन सक्ने उनले बताए ।
यसले सत्तापक्ष र प्रतिपक्षबीच सुरु भएको छलफल समेत विथोलिने उनले बताए । राजनीतिक प्रणालीलाई अस्थिर बनाउने उदेश्य अन्तर्गत यो कदम अधि बढाइएकाले एमालेले गम्भीर ढंगले यसको प्रतिवाद गर्ने उनको भनाइ थियो ।
एमालेले यसै अनुसार निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको उनले जानकारी दिए । एमाले संसदीय दलको बैठक भोलिका लागि बोलाइएको छ ।
सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले राणाविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता गरेपछि एमालेको आपतकालिन सचिवालय बैठक बसेको हो ।







डिसी नेपाल








Facebook Comment