नेप्सेमा ५ कम्पनीको ३ करोड ३९ लाख २ हजार ३५२.१०९ कित्ता बोनस सेयर सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५ वटा कम्पनीको ३ करोड ३९ लाख २ हजार ३५२.१०९ बोनस सेयर सूचिकृत भएको छ। आइतबार सेयर सूचिकृत हुनेमा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, बैंक अफ काठमाडौँ, मुक्तिनाथ विकास बैंक,आइसीआफसी फाइनान्स र हिमालयन डिस्टिलरी रहेको छ।
नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको ८२ लाख ५१ हजार ६१३.३४ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
बैंक अफ काठमाडौँकाे १० प्रतिशत बोनस बापतको ९६ लाख ५८ हजार १७६.४२९० कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
त्यस्तै, मुक्तिनाथ विकास बैंकको १७.५७५ प्रतिशतले हुन आउने ८४ लाख ५६ हजार ३००.५३ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १७.५७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
आइसीआफसी फाइनान्सको १० लाख २८ हजार ४९४ कित्ता बोनस सेयर सुचिकृत भएको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।
हिमालयन डिस्टिलरीको ६५ लाख ७ हजार ७६७.८१ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।







डिसी नेपाल








Facebook Comment