हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२ फागुन २०७८ ९:३९
44
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ५८ पैसा र बिक्री दर १३७ रुपैयाँ २६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ १८ पैसा र बिक्री दर १६३ रुपैयाँ ९९ पैसा छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९६ पैसा र बिक्री दर १३० रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८६ पैसा र बिक्री दर ८६ रुपैयाँ २९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ९४ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४८ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९३ पैसा र बिक्री दर १९ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ०७ पैसा र बिक्री दर ३२ रुपैयाँ २३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८५ पैसा र बिक्री दर ३३ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८६ पैसा छ । कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०३ पैसा र बिक्री दर १० रुपैयाँ ०८ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.