सिटीजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सिटीजन्स बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी खेम राज नेपालको नामममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो ।
बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् ।सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौँमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा सर्वसाधारणले उक्त सेयर खरिद गर्न सक्नेछन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment