झिनो अंकले बढ्यो सेयर बजार
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ०.०८ अङ्कले घटेर २ हजार ७००.९८ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६८ करोड ४० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा नेसनल हाइड्रोपावर रहेको छ । यस कम्पनीको ३१ करोड ८४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ६ सय ४६ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : नेपाल दुरसंचार कम्पनी र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ ।
सोमबारको कारोबारमा १३ बाट उपसुचकमा ८ बाट उपसुचक बढेको छ भने बाँकी ५ वटा उपसुचक घटेको छ । आज नेप्सेमा बुद्धभुमि नेपाल हाइड्रोपावर र सपोर्ट माइक्रफाइनान्सका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने मैलुङ्ग खोलाजलबिद्युत र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले अधिक गुमाएका छन् ।







डिसी नेपाल








Facebook Comment