विश्वकै अग्रणी एअर कन्डिसनर ब्राण्ड ‘ग्री’ को पहिलो शोरुम न्युप्लाजामा

डिसी नेपाल
२ फागुन २०७८ २१:०२
4.3k
Shares

काठमाडौं । नेपालमा पहिलोपटक विश्वकै अग्रणी एअर कन्डिसनर ब्राण्ड ‘ग्री’को शोरुम खुलेको छ । ‘ग्री’ आयातकर्ता कम्पनी कि कन्सेप्ट नेपालले राजधानीको पुतलीसडकस्थित न्युप्लाजामा शोरुम खोलेको हो । ‘ग्री’को एसी खरीद गर्न चाहानेले अब उक्त शोरुमबाट सेवा लिन सक्ने छन ।

व्यावसायिक र आवासीय एसी उत्पादन गर्ने ‘ग्री’ विश्वकै एक नम्बरमा पर्दछ । न्युप्लाजा स्थित शोरुमबाट ग्राहकहरुले ‘ग्री’ का एसी सहजै खरीद गर्न र जानकारी लिन सक्ने कि कन्सेप्टका महाप्रबन्धक चन्द्र बस्नेतले जानकारी दिए ।

नेपालमा एसीको पहिलो शोरुम खोल्ने नै कि कन्सेप्ट मात्र रहेको उनको दाबी छ । शोरुमबाट ‘ग्री’ को एसीबारे सबै जानकारी लिन सकिने बस्नेतले बताए । ‘ग्री’ एसीको नेपालमा २५ हजार थान बिक्री हुने गरेको उनले जानकारी दिए । यसअघि ‘ग्री’ एसीको नेपालस्थित एकल आधिकारिक बिक्रेता कि कन्सेप्टले डिलर नेटवर्कमार्फत एसी बिक्री गर्दै आएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.