एकै दिन १२ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुदैछ कारोबार ?

डिसी नेपाल
३ फागुन २०७८ ११:३१
32
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सय रुपैयाँले बढेर प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य २० रुपैयाँले बढेको हो। सोमबार सुन प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ९ सय ५ रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३२ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.