सेयर बजारमा हरियाली, ५३.३० अङ्कले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
३ फागुन २०७८ १५:१५
40
Shares

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । सोमबार नेप्से परिसूचक ५३.३० अङ्कले बढेर २ हजार ७५४.२८ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी रहेको छ । यस कम्पनीको २२ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ हजार ३ सय ४२ रुपैयाँ कायम भएको छ ।  त्यसपछि क्रमश : नेसनल हाइड्रोपावर कम्पनी र नेपाल दुरसंचार कम्पनीको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा १३ वटै उपसुचक बढेको छ । आज नेप्सेमा न्याग्दी हाइड्रोपावर र तेह्रथुम हाइड्रोपावर लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.