आजकाे संसद् बैठकमा एमसीसी टेबल गर्ने तयारी

डिसी नेपाल
४ फागुन २०७८ ७:०६
100
Shares

काठमाडौं। दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने तयारी गरेका हुन्।

कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गराइसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी सम्झौता संसदमा पेस गर्ने निर्णयबाट पछि नहट्ने प्रष्ट पारिसकेका छन्।

सभामुख अग्निकुमार सापकोटा पनि सदनबाट निकास खोज्नेबारे सकारात्मक बन्दै गएकाले एमसीसी प्रक्रियामा जाने  निश्चित भएकाे हाे।

सरकारले एमसीसी टेबलको प्रयास गरेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। माओवादी केन्द्रले आज बिहान साढे ८ बजे दलको बैठक बोलाएको छ।

संशोधनविना अनुमोदन गर्न नहुने पक्षमा उभिँदै आएका यी दलहरूले अहिलेकै अवस्थामा एमसीसीलाई अघि बढाए संसदमा टेबल हुन दिने तर अनुमोदनका पक्षमा मत नदिने सम्भावना बलियो छ। संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी विषय उल्लेख छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.