एमालेले आज पनि संसद बैठक अवरोध गर्ने

डिसी नेपाल
४ फागुन २०७८ ११:१०
168
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ। बैठक दिउँसाे १ बजे बस्दैछ। एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘एमालेले निस्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेसम्म हाम्रो विरोध हिजो पनि थियो, आज पनि रहने छ।’

सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। एमालेका माग कार्यव्यवस्था समितिलाई जानकारी गराइने नेम्वाङले बताए । एमसिसीको विषयमा भने एमाले ‘पर्ख र हेर’को अवस्थामा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.