संसद बैठकमा सभामुख उपस्थित नहुने आशंका

डिसी नेपाल
४ फागुन २०७८ ११:२२
632
Shares

काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुने आशंका गरिएको छ।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसी १ बजेका लागि बोलाइएको छ । सो बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेस हुने भएपछि सभामुख सापकोटा अनुपस्थित हुने कांग्रेसले आशंका गरेको हो।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने सभामुख सापकोटा बैठकमा उपस्थित नहुने आशंका गरिएको हो।

माओवादीका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा पनि प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी नहुने प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन्।

अर्थमन्त्री शर्मा बैठकमा सहभागी नहुने भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने भएका छन्।

यसर्थ माओवादीका पूर्वनेतासमेत रहेका सभामुख सापकोटा एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने बुधबारको बैठकमा अनुपस्थित हुने कांग्रेसको आशंका रहेको हो। सभामुखका प्रेस संयाेजक श्रीधर न्याैपानेले साढे ११ बजे कार्यव्यवस्थाकाे बैठक बस्ने बताएपनि संसदमा सभामुख उपस्थित हुने नहुने विषयमा केही बताउन चाहेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.