आईपीओ ल्याउन लागेको नेष्डो समृद्ध लघुवित्तको खुद नाफा १० करोड ७३ लाख

डिसी नेपाल
५ फागुन २०७८ ९:४३
44
Shares

काठमाडौँ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफा १० करोड ७३ लाख ८६ हजार रुपैयाँ कमाएको छ।  यो नाफा गत वर्षको तुलनामा १८.८७ प्रतिशतले कम हो।  गत वर्षको सोहि अवधिमा लघुवित्तले १३ करोड २३ लाख ७१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: १९.०९ प्रतिशत र १८.८७ प्रतिशतले घटेको छ। गत वर्ष २३ करोड १८ लाख ४४ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको लघुवित्तले यस वर्ष १८ करोड ७५ लाख ७८ हजार रूपैयाँमा खुम्चिएको छ । यस्तै, सञ्चालन नाफा पनि २१ करोड १ लाख १२ हजार रूपैयाँबाट घटेर १७ करोड ४ लाख ५३ हजार रूपैयाँमा सिमित भएको छ ।

पुस समान्त सम्ममा कम्पनीको निक्षेप संकलन ९.१२ प्रतिशतले बढेर २ अर्ब ३७ करोड १२ लाख पुगेको छ भने कर्जा प्रवाह १५ प्रतिशतले बढाएर ४ अर्ब २१ करोड पुर्याउन सफल भएको छ। त्यस्तै, लघुवित्तको चुक्ता पुँजी १७ करोड २१ लाख २५ रुपैयाँ र जगेडा कोषमा ५४ करोड ३ लाख ८१ हजार रुपैयाँ सञ्चित रहेको छ ।

लघुवित्तले चुक्ता पूँजी वृद्धि गर्नको लागि फागुन ११ गतेदेखि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ  जारी गर्ने भएको छ । लघुवित्तले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्न लागेको हो। आइपिओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.