बिहिबार १ हजारले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
५ फागुन २०७८ ११:०४
84
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार प्रति तोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रति तोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको हो। मंगलबार सुन प्रति तोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ३ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १० रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.