प्रधानमन्त्री देउवासँग प्रचण्डकाे विहानै भेट, गठबन्धनको बैठक साँझ पाँच बजे बस्ने

डिसी नेपाल
५ फागुन २०७८ १२:१५
88
Shares

काठमाडौं। सत्तारुढ गठबन्धनको दिउँसो तीन बजे बस्ने भनिएको बैठक सरेको छ। मन्त्रिपरिषद्को बैठक दिउँसो दुई बजे बस्ने भएपछि सत्तारुढ गठबन्धनको बैठक पाँच बजेलाई सारिएको हो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि गठबन्धनको बैठक साँझ पाँच बजेलाई सारिएको हो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि गठबन्धनको बैठक साँझ पाँच बजेलाई सारिएको हो। उक्त भेटमा एमसीसीलगायतका विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।

स्रोतका अनुसार सो भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने वा नगर्ने भएपनि संसदबाटै गर्नुपर्ने बताएका थिए। प्रचण्डले सकेसम्म एमसीसीका विषयमा गठबन्धनको समान धारणा बनाउनुपर्नेमा जोड दिएका थिए।

सत्तारुढ गठबन्धनको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरु उपस्थित हुनेछन्।

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मतभिन्नता बढेपछि बैठक बोलाइएको हो। एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लीएको छ। कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा हुवहु अनुमोदन गर्ने पक्षमा छ भने अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन्।

सरकारले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरेको थियो तर पछि सत्तारुढ अन्य दलको दबाब आएपछि रोकेको थियो । सोही एमसीसीका विषयमा साझा सहमति खोज्नको लागि आज गठबन्धनको बैठक राखिएको हो।

‘एमसीका विषयमा मन्त्रिपरिषद्को बैठकमा गहन छलफल गरेपछि गठबन्धनको बैठक बस्ने सहमति भएको हो,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयाेजक सूर्य किरणले डिसी नेपालसँग भने।

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड विहान साढे आठ बजे बालुवाटार पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.