सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्बमा खुम्चियो

डिसी नेपाल
५ फागुन २०७८ १५:२९
20
Shares

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बिहिबार नेप्से परिसूचक १.९४ अङ्कले घटेर २ हजार ७३२.५१ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा २ अर्ब २७ करोड ८१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा जीवन विकास लघुवित्त रहेको छ । यस कम्पनीको २२ करोड ३७ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।  त्यसपछि क्रमश : हिमालयन डिस्टिलरी र नेपाल दुरसंचार कम्पनीको कारोबार भएको छ ।

बिहिबारको कारोबारमा १३ वटा उपसुचकमा ५ वटा उपसुचक बढेको छ बाँकी सबै उपसुचक घटेको छ । आज नेप्सेमा तेह्रथुम हाइड्रोपावर र युनाइटेड इदीमादी आरडी हाइड्रोपावरका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने बुद्धभुमि नेपाल हाइड्रोपावर र एनआईसी एशिया ऋणपत्रका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.