धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

डिसी नेपाल
५ फागुन २०७८ १७:४४
36
Shares

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड ९सेबोन०को अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलको संयोजकत्वमा गठित छनोट समितिले कृष्णराज पोखरेल, डाक्टर गोपाल भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट सरकारले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.