आईएमइ जनरल इन्स्योरेन्सले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
६ फागुन २०७८ ९:४०
56
Shares

काठमाडौँ। आईएमइ जनरल इन्स्योरेन्सले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । बिहिबार बसेको सञ्चालक समितिको ११२ औँ बैठकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। साथै, बोनसमा लाग्ने कर तिर्न ०.३७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

कम्पनीले चुक्ता पूँजी १ अर्व १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको ७ प्रतिशतले हुन आउने ८ करोड १० लाख ३१ हजार २० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने भएको छ। र कर तिर्न ०.३७ प्रतिशतले हुन आउने ४२ लाख ६४ हजार ६ सय ७०.५३ रुपैयाँ नगद पनि दिने भएको छ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भइ आगामी साधारण सभाबाट पारित भए पश्चात सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.