खल्तीले ल्यायो नयाँ अफर, अब निःशुल्क मेरो सेयर नवीकरण गर्न सकिने

डिसी नेपाल
६ फागुन २०७८ १५:१०
84
Shares

काठमाडौँ। खल्ती डिजिटल वालेटले निःशुल्क मेरो सेयर खाता नवीकरण अफर ल्याएको छ। नेपालमा आइपिओमा लगानी गर्ने  दिनहुँ बढ्दै गएको हुनाले खल्ती डिजिटल वालेटले यो अफर ल्याएको हो।

यो अफर अन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेकाहरूसँगै नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नवीकरण गर्न सक्नेछन्। प्रयोगकर्ताहरूलाई मेरो सेयर खाता नवीकरण गरेबापत ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ। यस अफरअन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १०० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यसमा अधिकतम क्यासब्याक १ वर्षको नवीकरण रहेको छ। तर प्रयोगकर्ताहरूले आगामी पाँच वर्ष सम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन्। प्रत्येक खल्ती आइडीले यो अफर एक पटक मात्र लिन सक्नेछन्। यो अफर २०७८ चैत २ गते सम्म लागु हुनेछ।

खल्ती वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा फिल्म टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाहरूको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.