जनजीवनमा लोकतन्त्र पुगेको आभास हुनुपर्छ : नेता शाही
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले जनतामा अझै लोकतन्त्रको आभास हुन नसकेको बताएका छन् । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका शाहीले प्रजातन्त्र दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसी त्रिभुवन विश्वविद्यालय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।
जिम्मेवार निकायबाट लोकतन्त्रको हितमा काम गर्दै जनतामा त्यसको आभास गराउनुपर्ने बताएका छन् । लोकतन्त्रको संस्थागत विकास र अभ्यासमा नै सबैको भविष्य सुनिश्चित रहेको नेता शाहीको भनाइ छ ।
लोकतन्त्रमा सबैभन्दा ठूलो जनता हुने भएकाले सबै कामहरू जनताको भावना बुझेर मात्रै गर्नुपर्ने बताए । उनले लोकतन्त्रमा तानासाही सोच हुनेहरू कहीँ नपुग्ने बताएका छन् ।
‘तानासाही सोच हुने शासकको भविष्य लोकतन्त्रमा लामो हुँदैन । त्यसैले हामीले लोकतान्त्रिक संस्कारलाई अंगिकार गर्दै त्यसैलाई बलियो बनाउँदै लैजानुपर्छ,’ नेता शाहीले भने ।







डिसी नेपाल








Facebook Comment