एमाले गठबन्धन भत्काएर संसद विघटनको औचित्य सावित गर्न खोज्योः दुर्गा पौडेल
काठमाडौ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले मिलिनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) को नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताएकि छिन।
राष्ट्रिय जनमोर्चा बागमती प्रदेशको प्रथम सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले विपक्षी दलका केही नेताहरु गठबन्धन भत्काउन लागि परेको बताएकि हुन। “विपक्षी दलका केही नेताहरु सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटेर एमसिसी पारित गर्ने र गठबन्धन भत्काउने प्रयास गर्दैछन्, यसमा गठबन्धन सचेत हुनु जरुरी छ”, उनले भनिन् ।
दुई/दुई पटक संसद् विघटन गरेको एमालेले पाँच दलीय गठबन्धन भत्काएर संसद् विघटनको औचित्य सावित गर्न खोजेको उनको भनाइ छ । उहाँले एमसिसीका बारेमा यथार्थ कुरा जनतामाझ लैजानुपर्ने बताईन । सम्मेलनले लालबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । सम्मेलनले सात सदस्यीय सल्लाहकार समिति गठन गरेको जनमोर्चाका नेता रोशन दानीले जानकारी दिए ।







डिसी नेपाल








Facebook Comment